अनखबर संवाददाता
पछिल्लो नेपाली राजनीति अप्रत्यक्ष रुपमा चुनावमा केन्द्रित भएको छ । सिङ्गो देश आन्तरिक चुनावी माहोलको लयमा पुगेपछि विभिन्न दलहरूमा समेत त्यसको स्वभाविक प्रभाव पारिरहेको छ ।
स्याङ्जामा समेत काङ्ग्रेस,एमाले,माओवादी केन्द्र लगायतका दलहरूको आन्तरिक मिसन चुनाव लक्षित देखिन्छ । चलिरहेको काङ्ग्रेस महाधिवेशनमा समेत आगामी चुनावलाई लक्षित गरि गतिविधि र उम्मेदवारहरु तयार गरिएको छ ।
झण्डै साढे ३ बर्ष सत्ताको नेतृत्व गरेको नेकपा एमालेमा समेत चुनावलाई लिएर आन्तरिक पेचिलो प्रतिस्पर्धा चलिरहेको छ ।
०७४ सम्म काङ्ग्रेसको बलियो प्रभावक्षेत्र मानिएको स्याङ्जामा एमाले केन्द्रीय सदस्य पद्मा कुमारी अर्यालले ०७४ को संघीय चुनावमा काङ्ग्रेसका केन्द्रीय उपसभापति तथा पटकपटक मन्त्री बनेका गोपालमान श्रेष्ठलाई हराए पछि काङ्ग्रेसलाई धक्का लागेको थियोे भने संसदीय कम्युनिस्टहरुलाई उत्साहित गराएको थियोे ।
एमाले,माओवादी केन्द्र लगायतका दलहरू एकजुट भएपछि अर्याललाई चुनाव जित्न सजिलो भएको विश्लेषण गरिएपनि काङ्ग्रेस भित्रको एउटा बलियो समुह जुनसुकै हालतमा पनि गोपालमान श्रेष्ठको हैकमवादी शैलीलाई परास्त गर्ने ध्यानमा अर्याललाई सहयोग गरेको थियो ।
काङ्ग्रेसी गुटबन्दी,दुई ठुला कम्युनिस्ट एमाले र माओवादी एकताको बल र गोपालमान श्रेष्ठ विरुद्ध स्याङ्जामा धमिलिदै गएको राजनीतिक छविका कारण अर्याललाई चुनाव जित्ने उपयुक्त अवसर बनेको सहजै बुझिन्छ ।
तर अहिले एमाले २ टुक्रामा विभाजित भएको छ भने माओवादी समेत छुट्टै पार्टी गठन पछाडि तत्कालीन जनमत ३ प्यानलमा विभाजन हुने देखिन्छ,यसले केपी ओली एमाले मात्रै होइन अन्य २ पंक्तिको जनमत समेत विभाजित भएको छ ।
ओली पक्षीय एमालेले भने माधवकुमार नेपाल पक्षको विभाजनले सङ्ख्यात्मक ढंगले धेरै असर नगर्ने दाबी गरिरहेको छ ।
तर नेपाल पक्षले समेत स्याङ्जामा समानन्तर गतिविधि बढाउदै लगेको छ भने अर्याल संग असन्तुष्ट रहेका कार्यकर्तालाई नेपाल पक्षले संगठित गर्ने प्रयास गरिरहेको अवस्थामा नेपाल पक्षको जनमतले समेत ओली पक्षलाई नराम्रो संग प्रभाव पार्नेछ ।
यता जिल्लामा तेस्रो शक्ति रहेको माओवादीले समेत आंफुलाई चुनावमा निर्णायक शक्तिको रुपमा बुझिरहेको छ ।
राष्ट्रिय राजनीतिमा चतुर खेलाडी मानिएका प्रचण्डले चुनावी गठबन्धन कसरी लैजान्छन् भन्ने बिषयले समेत स्याङ्जाको चुनावलाई प्रभाव पार्ने देखिन्छ ।
एमालेले भने काङ्ग्रेसी अन्तरविरोधलाई चुनावको मुख्य रणनीति गराउने देखिन्छ । ०७४ को चुनावमा संघीय निर्वाचन क्षेत्र २ मा काङ्ग्रेसी उम्मेदवार गोपालमान श्रेष्ठलाई हराउन काङ्ग्रेसको एउटा गुट सक्रियता पुर्वक लागेको थियोे । चुनाव हराउन मात्रै होइन काङ्ग्रेसको २ पक्षबीच कुटाकुटा र मारपिट समेत भयो । स्याङ्जा काङ्ग्रेसमा आर्थिक चलखेल र जागिरे प्रलोभन पारेर केही मान्छेलाई नजिक बनाउने र काङ्ग्रेसी बर्चस्व बनाएका विवादास्पद खुमा अर्यालले गोपालमान हराउन पद्मा अर्याललाई भोट मात्रै मागेनन् लाखौं आर्थिक सहयोग समेत गरेको गोपालमान पक्षधरले दाबी गरिरहेका छन ।
स्याङ्जा काङ्ग्रेसमा तुलनात्मक ढंगले सकारात्मक छवि बनाएका भोजराज अर्याललाई प्रदेश उम्मेदवार बनाउन काङ्ग्रेसको एउटा पक्षले जोड गरिरहेका बेला श्रेष्ठले भोजराज लाई निशेध गरि युवामाझ लोकप्रिय मानिएका युवा उम्मेदवार बिष्णु पौडेललाई प्रदेशको टिकट दिएपछि काङ्ग्रेस भित्रको एउटा समुह गोपालमान विरुद्ध असन्तुष्टि मात्रै होइन; आक्रोशित समेत थियोे । त्यसको परिणाम श्रेष्ठले चुनावी हारको स्वाद चाखे ।
त्यहीँ आन्तरिक कलहको अवसर छोप्ने र २ ठुला बाम घटक एकठाउ भएको मौकामा एमाले नेतृ अर्याललाई चुनाव जित्न उपयुुक्त दाउ मिलेको थियोे ।
स्याङ्जा काङ्ग्रेस भित्रको आन्तरिक कलह अझै बढ्दै गएको एमाले स्याङ्जाको निष्कर्ष छ । माधवकुमार नेपाल पक्षमा धेरै लागेको छैनन्,माओवादीका केही नेताहरू हामी तिर लागेका छन् `यसले चुनाव जित्न आधार बलियो बन्नेछ:एमालेको बुझाई छ
एमालेले पद्मा कुमारी अर्याल मन्त्री हुदा जिल्लामा विकास निमार्णमा उल्लेखनीय भुमिका खेलेको तर प्रचारप्रसार हुन नसकेको विश्लेषण गरेको छ । तल्लो तहसम्म अर्यालले गरेको पहल र हस्तक्षेप जनतामा नपुगेको निष्कर्ष छ नेकपा एमाले ।
झण्डै साढे ३ बर्षसम्म बलियो सत्तामा रहेकी अर्यालले ३/३ वटा मन्त्रालय चलाउने मौका समेत पाईन् ।
कतिपयले भने सत्ता र शक्तिमा रहदा अर्यालले जिल्लाका दिर्घकालिन महत्त्वका कामहरू गर्न नसकेको टिप्पणी गर्छन् ।
अर्यालले भुरे-टाकुरे र खुद्रा योजनामा ध्यान दिएको तर दिर्घकालिन योजनामा कुनै चासो नदेखाएको भन्दै बौद्धिक तहमा आलोचना समेत हुने गरेको छ ।
अर्यालले जिल्लाका विकास निर्माणमा उल्लेखनीय भुमिका खेलेपनि कतिपयले भने अर्याल पति लक्ष्मीपति पौडेलले अनावश्यक हस्तक्षेप गरेको भन्दै एमाले भित्रैको एउटा पंक्ति भने पौडेलको कारण अर्याल संग असन्तुष्ट छ ।
जिल्ला सहकारी संघको अध्यक्ष समेत रहेका पौडेलले जिल्लामा पार्टीका नेताहरूलाई पुर्वाग्रही ढंगले माईनस गर्ने,नटेर्ने,पावरको घुर्की लगाउने गरेको आरोप लगाउछ्न ।
। अर्यालले जिल्लाका पुराना नेता चक्रबहादुर पराजुली,पुन्य भुषाल,माओवादी बाट एमाले प्रवेश गरेका एमाले जिल्ला अध्यक्ष पारस गैरे,दिपक विश्वकर्मा,मोहन गुरुङ लगायतका नेताहरूलाई उपयुक्त व्यवस्थापन गर्न सफल भएकि थिईन् तर त्यो कुरा एमाले भित्रको एउटा पंक्तिलाई चित्तबुझ्दो भएको थिएन् ।
स्याङ्जा संघीय निर्वाचन क्षेत्र २ प्रभाव रहेको विप्लव नेकपा र जनमोर्चाका गतिविधिले समेत चुनावलाई प्रभावित पार्ने बुझिन्छ ।
प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा सक्रिय विप्लव नेतृत्वको नेकपाको स्याङ्जामा दर्जनौं युवाहरू सक्रिय छन्
निर्वाचन क्षेत्र २ वालिङ र गल्याङ क्षेत्रमा विप्लव समुहको चुनावमा सहभागी हुने-नहुने चुनावी रणनीतिले समेत काङ्ग्रेस एमालेलाई प्रभाव पार्नेछ् ।
स्याङ्जामा विप्लवका दर्जनौं युवाहरू अहिलेपनि सक्रिय राजनीतिमा प्रभाव पार्ने छन् ।
तसर्थ एमालेले काङ्ग्रेसी अन्तरविरोधमा खेलेर मात्रै चुनाव जित्ने दाउ बनाउनु एमालेको राजनीतिक अपरिपक्वता हुनेछ ।
एमालेले उम्मेदवारका कारणले पनि चुनाव जित्ने हार्ने आंकलन गरेको छ ।
निर्वाचन क्षेत्र १ मा सांसद नारायण मरासिनीले हस्तक्षेपकारी भुमिका खेल्न नसक्नु एमालेलाई अभिसाप हुनेछ ।
मरासिनी सांसद भएपछि जनताका विचमा नगएको गुनासो व्यापक छ ।
भन्ने गण्डकी प्रदेशको मन्त्री समेत बनेका माओवादी नेता दिपक चर्तिमगरले समेत एमालेले आंकलन गरेका धेरै मत काट्ने छन् ।
फेदीखोला गाउँपालिकामा लोकप्रिय छवि बनाएका भनिएका पालिका अध्यक्ष घनश्याम सुवेदी संग समेत एउटा एमाले पंक्ति फेदीखोलामा असन्तुष्ट छ ।
यता एमाले स्याङ्जाको निर्णायक शक्ति मानिएको आंधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेल यस अगाडि समेत पालिका अध्यक्ष बन्ने चाहनामा थिएनन् , तर जित्ने उम्मेदवार नदेखेपछी एमालेले पौडेलको विकल्प देखेन् र उनलाई पालिका अध्यक्ष लड्न पठायो,पौडेलले जिते ।
सोही पालिका उपाध्यक्ष शर्मिला पौडेल अहिले माधवकुमार नेपाल समुहमा सक्रिय छन् । भने आंधिखोलामा माओवादीको समेत बलियो प्रभाव छ ।
सुधिर पौडेलले प्रदेशमा जाने रुचि देखाए भने उनलाई बलियो उम्मेदवारको रुपमा मानिएको छ ।
यता पुर्व मन्त्रीहरु श्रेष्ठ र अर्यालको क्षेत्र भएकाले क्षेत्र २ लाई थप पेचिलो मानिएको छ । तर काङ्ग्रेस एमाले दुवैमा बलियो एकता भने देखिदैन ।
एमाले माओवादी ३ गुटमा टुक्रिएर कमजोर बनेको छ भने काङ्ग्रेसमा ४ गुट सक्रिय छन् ।
गोपालमान श्रेष्ठ,कुमार राना,दिलिप प्रताप खाणं,भागवत प्रकाश मल्ल,ईश्वर खाणं,शिव गिरी,मोहन पाण्डे लगायतका नेताहरूको आ-आफ्ना टकराब छन् ।
एमालेमा भने अर्याल निर्विकल्प मानिन्छ्,तर किशोरविक्रम मल्ल,कृष्ण खाणं,माधवकुमार नेपाल छाडेर वली तिर लागेका शोभियत ढकाल,माओवादी छाडेर एमालेमा लागेका पारस गैरेलाई व्यवस्थापन गर्न अर्याललाई कठिन मात्रै छैन हम्मेहम्मे छ ।
अर्यालले गल्याङमा बलियो प्रभाव पारेका नगर प्रमुख समेत रहेका भुपराज अधिकारीलाई एमालेमै राखेर थप मजबुत बनेकी छन् । अधिकारीलाई आगामी स्थानीय चुनावमा गल्याङ नगरपालिकाको मेयरको टिकट निश्चित भएको छ ।
तर अर्याल सहकारी अनुदान दुरुपयोगमा अग्रपंक्तिमा आउछन् ।
यस्तै काङ्ग्रेसी पकड मानिएको कालिगण्डकी गाउँपालिकामा अध्यक्ष जितेका खिम थापालाई पुनः अध्यक्षमा दोहोरिने निश्चित छ । पद्मा कुमारी अर्यालको विश्वासपात्र मानिएका थापालाई पुनः चुनाव जित्ने उम्मेदवारको रुपमा चिनिन्छ् ।
तर थापा सहकारी अनुदान वितरणमा विवादास्पद छन् भने अवैध ढुंगा गिट्टी निकासीमा समेत उनको नाम जोडिएको छ ।
यता काङ्ग्रेसको पकड मानिएको चापाकोटमा माओवादी छाडेर एमाले प्रवेश गरेका राजु कोईरालालाई एमालेले मेयरको उम्मेदवारको रुपमा अगाडि सार्ने निश्चित छ ।कोईरालाले संघीय र प्रदेश सरकारमा विभिन्न कर्मचारी च्यानल प्रयोग गरेर चापाकोटमा करोडौंको योजना तथा कार्यक्रममा पहल गरिरहेको जस र युवाहरु एकजुट गराएको जस उनलाई छ ।
तसर्थ चापाकोटमा युवाहरुमाझ लोकप्रिय मानिएका कोईरालालाई मेयरको उम्मेदवार बनाएर अर्यालले एमाले जनमत थप बलियो बनाउने रणनीतिमा छन् । चापकोटमा सरस्वती भट्टराईको समेत चर्चा चलेपनि त्यो सम्भावना कम देखिन्छ ।
यता स्याङ्जाको महत्त्वपूर्ण क्षेत्र मानिएको वालिङमा नगर प्रमुखको रुपमा एमालेले शोभाकान्त पौडेल र पुन्य अर्याल मध्य एउटालाई अगाडि सार्ने करिब निश्चित छ ।
वालिङ बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षमा उम्मेदवारी दिएका अर्याल पति लक्ष्मिपति पौडेललाई असहयोग मात्रै होइन हराउने भुमिका खेलेको गरेका आरोप लागेका पुन्य अर्याललाई अनावश्यक गुटबन्दी गरेको आरोप एमालेमा लाग्ने गरेको छ । त्यस अर्थले समेत पुर्व मन्त्री अर्यालले पुन्य अर्याललाई भन्दा शोभाकान्त पौडेललाई मेयरको रुपमा अगाडि बढाउने बलियो सम्भावना रहेको स्रोत बताउछ् ।
स्याङ्जा एमालेमा चर्चित मानिएका कृष्ण खांणलाई वालिङ नगरपालिकाको मेयर देखि सांसदको समेत टिकट दिईसकियो अब पनि मेयर तथा संघीय सांसद ताक्नु हुदैन नयाँ अनुहारले अवसर पाउनु पर्छ; यो बिसयलाई पुन्य अर्याल पक्षले चर्को रुपमा उठाएको छ । पुन्य अर्याल पक्षले आफुले टिकट नपाए खाणं भन्दा पौडेललाई नै दिन लबिङ गरिरहेका छन् ।
भने कतिपयले खांणलाई प्रदेशको उम्मेदवार बनाउदा जित्न सजिलो हुने टिप्पणी गर्छन् तर प्रदेशमा हाल सांसद रहेका मोहन रेग्मीले छोड्छन् वा दोहोरिन्छन् ।
तर प्रदेशमा उम्मेदवारी दिए कृष्ण खाणं बलियो उम्मेदवार हुन ।
भने हाल काङ्ग्रेसका सांसद भागवत प्रकाश मल्लले जितेको क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका पारस गैरेलाई दोहोर्याएर सन्तुलन मिलाउन खोजेको स्रोतले अनखबरलाई बतायो ।