अनखबर संवाददाता
पोखरा : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको ११ औँ पूर्ण बैठक तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा शुक्रबार देखि चलिरहेको छ ।
नेकपा स्रोतले दिएको जानकारीअनुसार बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले आ-आफ्नो जिल्ला तथा क्षेत्रको रिपोर्टिङ राख्नुका साथै पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न धारणाहरु प्रस्तुत गरिरहेको बुझिएको छ । शुक्रबार झण्डै १ दर्जन केन्द्रीय सदस्यले रिपोर्टिङसहित धारणा राखेका थिए भने शनिवार समेत बाकी केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारण राखिरहेको स्रोतले जनाएको छ ।
ओली सरकारले लगाएको तत्कालीन प्रतिबन्ध असफल भएर खारेज भएपछि बसेको बैठकमा प्रस्तुत महासचिव विप्लवको समसामयिक राजनीतिक, वैचारिक, साङ्गठनिकदेखि दीर्घकालीन राजनीतिक महत्वको प्रतिवेदनमाथि वैचारिक छलफल भइरहेको बुझिएको छ ।