बुटवल-०४
बुटवलकाे ज्याेतिनगरमा खसेकाे पहिराे अवलाेकनका लागि पुगेका बुटवलका मेयर शिबराज सुबेदीमाथि आक्रमण भएको छ । आक्राेशित स्थानीय एक युवाले सुबेदीमाथी मुक्का हानेका हुन् । पहिराे अवलाेकनका लागि मेयर,नगर प्रहरी,नेपाल प्रहरीकाे टाेली पुगेकाे थियाे । साे स्थानमा केहिदिन अघि पहिराे खसेर घरहरूमा क्षति पुर्याएकाे थियाे ,भने आज पनि पहिराे खस्दा ३ घरमा क्षति पुगेको छ ।