बुटवल-०५
नेकपा एमाले बुटवल उपमहानगर कमिटिले ज्योतिनगर क्षेत्रको पहिरो स्थानीय सरकारको नियन्त्रण बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। ज्योतिनगर पहिरो प्रभावितहरुको उद्धार, राहत तथा स्थान्तरणका लागि प्रदेश र संघीय सरकारले चासो दिनु पर्ने एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थिले बताए।

पहिरो प्रभावितप्रति बुटवल उपमहानगरपालिका भम्भीर ध्यानाकर्षण भएको पन्थीले बताए । बुटवलमा एमाले नेतृत्वको सरकार भएका कारण आफूहरुले त्यसका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे। संघ र प्रदेश सरकारका योजनामा समेत बुटवल उपमहानगरको आलोचना हुने गरेकोमा असन्तुष्टि जनाउँदै उनले जुन सरकार अन्तरगतका योजना हुन्, ती सरकारलाई नै जवाफदेही बनाउनु जरूरी रहेको बताए।यसमा लागि मिडियाले समेत गम्भीर चासो दिन उनको आग्रह छ।

सोमबार ज्योतिनगर पहिरो अवलोकनमा गएका बुटवल उपमहानगरका प्रमुखमाथि भएको आक्रमणप्रति एमाले बुटवल उपमहानगरले आपत्ति जनाएको छ । यसैगरी सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको भएपनि नेकपा एमालेले कुनै मुद्धा नलगाउने अध्यक्ष पन्थीले जानकारी गराए ।