अनखबर संवाददाता
पोखरा । नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । अखिल क्रान्तिकारीको सम्मेलन यहि असोज ६, ७ र ८ गते पोखरामा हुने संगठनका महासचिव प्रकाश शाहीले अनखबरलाई बताए ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले उद्घाटन गर्ने कार्यक्रम देशभरका प्रतिनिधि प्रवेक्षक सहभागी हुनेछन् ।
उद्घाटन सत्रमा पार्टी महासचिव विप्लव लगायत प्रवक्ता खडक् बहादुर विश्वकर्मा(प्रकाण्ड),सचिवालय सदस्य धर्मेन्द्र बास्तोला(कञ्चन),सन्तोष बुढामगर(विषम,हेमन्त प्रकाश वली(सुदर्शन) लगायतका नेताहरूलाई निमन्त्रणा गरिएको समेत महासचिव शाहीले बताए ।
सम्मेलनको उद्घाटन शत्र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा हुनेछ् भने बन्दशत्रको लेकसाईडमा चल्ने छ ।
अखिल (क्रान्तिकारी)को सम्मेलनमा ७७ जिल्लाका ५ सय भन्दा बढी प्रतिनिधि सहभागि हुने जनाइएको छ । सम्मेलनले नया नेतृत्व चयन बुझिएको छ ।
अखिल (क्रान्तिकारी)को सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अखिल क्रान्तिकारी कास्कीले जनाएको छ ।

तयारी स्वरुप पोखरा भित्रिने नाकाहरुमा स्वागत द्वार बनाउने, प्रचारप्रसार लगायतका कार्यहरु भइरहेको अखिल (क्रान्तिकारी) सम्मेलन आयोजक समितिका सदस्य, तथा गण्डक ब्यूरो ईञ्चार्ज अटलले अनखबरलाई जानकारी दिए ।
‘हामी सम्मेलनलाई भव्य बनाउनका लागि प्रयासरत छौं, उद्घाटन शत्रमा ६ हजार भन्दा बढी सहभागि बनाउँछौं’–उनले भने । कास्की र आसपासका क्षेत्रबाट ठूला संख्यामा विद्यार्थीहरु सहभागि गराइने उनले बताए ।