नेपाली कांग्रेसको असोज ९ गते हुने १४ औं महाधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकाको लागी नगर सभापतिमा पुनः खेलराज पाण्डेले उम्दवारी दिएका छन्, भने उनीसँग प्रतिस्पर्धामा बुटवलकै रिता केसी क्षेत्री भिड्दैछिन् । यसअघि नगर सभापति रहेका पाण्डे र रिता केसीले आज छुट्छुट्दै घोषणा सभा आयोजना गरी आआफ्नो प्यानलको उमेद्वारी घोषणा गरेका हुन् ।
अधिवेशनका लागि खेलराज पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन् । भने यता पहिलोपटक नगरको सभापतिमा महिलाको तर्फबाट उमेद्वारी परेको दावी गर्ने रिता केसी क्षेत्रीको प्यानलमा उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेले पनि उम्मेद्वारी घोषणा गरेका हुन् । जिल्ला सभापति अब्दुल रज्जाकको उपस्थितीमा घोषणा सभा आयोजना गरीएको रिता केसीको प्यानल शेरबहादुर देउवा पक्षधर प्यानल हो भने, रुपन्देहीमा सादगी र इमान्दार नेताको उपमा पाएका खेलराज पाण्डे रामचन्द्र पौडेल पक्षधर प्यानल हुन् ।
राजनीतिक प्रतिस्पर्धाका आधारमा बलियो उमेद्वार मानिएका पाण्डेका पक्षमा यसअघि सभापतिको उमेद्वार दिएका प्रकाश राना, विमल भट्राई लगायतका नेताहरुको समेत समर्थन रहेको छ ।