अनखबर
बुटवल देविनगर स्थित तिनाउ नदीमा फेला परेको शवको पहिचान खुलेको छ । शव बुटवल ४ आर्दशनगरका ८ बर्षिय सुजन सारुको भएको ईलाका प्रहरी कार्यालयका निरीक्षक पंकज चुदालीले जानकारी दिए । हिजो साझ ४ बजेदेखी परिवारको सम्पर्कमा नरहेका सुजनले पौडी खेल्न खोलामा जान्छु भन्दा परिवारले नजान भन्दै रोकेको र परिवारलाई छलेर पौडी खेल्न गएका थिए । हिजै साझसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले बालक हराएको भन्दै ईलाका प्रहरीमा जानकारी गराएका थिए ।
शुक्रबार विहानै बुटवल ११ बुद्धनगरको पुलभन्दा मुनि तिनाउँ नदीमा ढुंगामा अड्किरहेको अवस्थामा सुजनको लास फेला परेको थियो । ‘लास फेला परेपछि उनकी आमाले सुजन नै भएको पुष्टि गरिन’ प्रहरी निरीक्षक चुँदालीले भने ।