अनखबर
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत भोली असोज ९ गते हुने अधिवेशनमा बुटवल नगर सभापतिमा उमेद्वारी दर्ता गरेकी नेतृ रिता केसी क्षेत्रीले आफ्नो उमेद्वारी कांग्रेसको जितको लागी भएको बताएकी छन् ।
चुनावको पूर्वसन्ध्यामा बोल्दै नेतृ केसीले बुटवल नगरमा नेपाली कांग्रेसको संगठन कमजोर हुँदै गएकोले सो संगठनलाई पुनर्जिवन दिदैं समग्र बुटवलका स्थानीय तहमा आफ्नो पार्टीलाई विजयी गराउने उनले बताईन् । उनले यसअघि सुर्यबहादुर प्रधान र गृहमन्त्री बालकृष्ण खाणँबाहेक कसैले संघिय चुनाव जित्न नसकेको भन्दै, उनले फेरी सोही अवस्था फर्काउनको लागी म सभापतिको उमेद्वारी दिएकी हु, उनले भनिन नेपाली कांग्रेसमा नियमित प्रशिक्षण र नियमित पार्टी अनुसाशनमा बैठक राख्ने र आफू जिल्लाभरमा एकल महिला सभापतिको उमेद्वार भएकोले आफूलाई जिताउन समेत अपिल गरिन ।