बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज पालिकाको अधिवेशन हुँदैछ । यसैबीच रुपन्देहीको एकमात्रै उपमहानगर बुटवलमा पनि दुबै पक्षले आ आफ्ना उम्मेद्वारी दर्ता गराएका छन् । दीपनगरमा रहेको सिद्धेश्वर लालकुमारी माविमा सुरु भएको निर्वाचनको लागि देउवा पक्षबाट रिता केसी र पौडेल पक्षबाट खेलराज पाण्डेले प्यानल सहित उम्मेद्वारी दर्ता गराएका हुन् । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छाँया पोखरेलर गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनाल रहेका छन् ।
यसैगरि केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरे रहेका छन् । निर्वाचनको लागि उपनगरका ५ सय ८४ जना क्षेत्रिय प्रतिनिधिले भाग लिन पाउनेछन् ।
आफ्नो राजनीतिक यात्रामा सादगी नेताको पहिचान बनाएका खेलराज पाण्डे दोस्रो पटक सभापतिमा दोहोरिदैछन भने, जिल्लामै पहिलो महिला सभापतिको उमेद्वार रहेकी रिता केसी क्षेत्रीले पनि जिल्ला सभापति सहितको समर्थन भएकोले आफूले जित्ने दावी गर्छिन । नेपाली कांग्रेसको चुनावलाई स्थानीय निकायमा यसले पार्नसक्ने प्रभावसमेत कस्तो हुन्छ भन्ने चर्चा चलेको छ ।