बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज नगर तथा गाउँ अधिवेशन भइरहेका छन। सोही क्रममा बुटवल उपमहानगर नेतृत्वको लागि दुइ जनाको उम्मेद्वारी परेसंगै मतदान हुने भएको हो । केही बेर अघिबाट बुटवलमा मतदान शुरु भएको छ । हालका नगर सभापति खेलराज पाण्डे र नेतृ रिता केसिको बिचमा नेतृत्वको लागि मतदान भइरहेको हो । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छाँया पोखरेलर गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनाल रहेका छन् ।

बुटवलमा नगर मतदानका लागि ५ सय ७६ मतदाता रहेका छन। यसअघि पनि नगर सभापति रहेका खेलराज पाण्डे बुटवल नगरको मेयरमा समेत उपविजेता भएका थिए । स्याङ्गजा जन्मथलो भएका पाण्डेले विगत ३ दशकदेखी रुपन्देहीमा कांग्रेसको राजनीति गर्दै आएका छन्, इमान्दार र सादगी नेताको उपमा पाएका नेता पाण्डेलाई धेरैले बलियो उमेद्वार रहेको दाबी गर्छन । तर चुनावी मैदानमा भने कस्ले जित्छ त्यो हेर्न बाकी नै छ, साझ ५ बजेसम्म मतदान चल्नेछ भने त्यसपछि मतगणना हुनेछ ।

अरु सबै सभापतिका दाबेदारले खेलराज पाण्डेलाई समर्थन गर्दा गृहमन्त्री बालकृष्ण खाणँ निकट मानिने रिता केसी क्षेत्रीले भने सहमति नगरी आफू सभापतिमा बलियो रहेको दाबी गर्दै अहिले चुनावी मैदानमा छिन् ।