बुटवल । नेकपा एकिकृत समाजबादीको भात्रृ संस्था युवा संघ नेपालले नगर कमिटि बिस्तारका कार्यहरु गरेको छ । युवा संघ नेपालले शनिबार बुटवलमा कमिटि बिस्तार गरेको छ । कार्यक्रममा प्रवेश बिकको नेतृत्वमा ५१ सदस्य ​नयाँ कमिटि बिस्तार भएको हो।

कमिटिको उपाध्यक्षमा दिनेश गुरुङ, सचिवमा मदन जंग पुन, सहसचिवमा भवानी केसी र कोषाध्यक्षमा बिष्णु कशौधन चयन भएका छन्। नगर अध्यक्ष धनसिंह खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका लुम्बिनी प्रदेश सचिव एवं जिल्ला अध्यक्ष राजु गुरुङ, जिल्ला कमिटिका पदाधीकारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा युवा संघ संग नेपालका केन्द्रिय उपमहासचिव सरिता श्रीस , युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कृष्ण थापा लगायतले बोलेका थिए।