अनखबर
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवलमा भएको नगरको मतदानमा साझ ५ बजेसम्म तोकिएको मतदान समयमा ५६९ मतमध्ये ५४५ मत खसेको छ । मअबको केहि समयमा मुचुल्का र प्रकृया पुर्याएर मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले नागरिक अनलाइनलाइ जानकारी दिए । महाधिवेशनको तालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएका पालिकाहरुमा अधिवेशन अन्तरगत नया नेतृत्व चयनका लागि मतदान भएको हो ।


बुटवल उपमहानगरपालिकाको मतदान सिद्धेश्वरी माध्यमिक बिद्यालयमा भएको थियो । मतदान दिउँसो साढे २ स् १७ बजेबाट सुरु भएको हो । पहिलो मतदाताका रुपमा नगर सभापतिका प्रत्यासी खेलराज पाण्डेले मतदान गरे भने दोस्रो मतदान अर्का प्रत्यासी रिता केसीले गरिन् ।

पाण्डे प्यानलबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अरगेली र पुरुषोत्तम खनाल उम्मेदवार छन् । यसैगरी केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरेले उम्मेदबार छन् ।

बुटवलमा ५४५ क्षेत्रीय प्रतिनिधिले मतदान गरेको नगर सहसचिव गोपाल पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए । रुपन्देही जिल्लाका १६ वटा पालिकाहरुमा निर्वाचनको काम अगाडी बढेको रुपन्देही जिल्लामा खटिनु भएका जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।