बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनबाट प्रकाश शाही अध्यक्षमा निर्वाचित भएका छन ।
सम्मेलनले एकसय पांच सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ र प्रकाश शाहीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्ष नरेन्द्र बिक बनेका छन्, उनी यसअघि पनि उपाध्यक्षनै थिए। त्यस्तै संगठनको महासचिब मिलन राइ बनेका छन्। संगठनको सचिव बिरेन्द्र शाह र काेषाध्यक्ष रुपा बुढा मगर चयन भएका छ्न ।
सम्मेलनले शैक्षिक क्षेत्रमा रहेका विसंगति र बिकृतिबिरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गर्दै विभिन्न कार्यक्रमहरू पनि तय गरेको प्राप्त समाचारमा जनाइएको छ।
चार दिन अघि शुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन पार्टी महासचिब बिप्लवले गरेका थिए।