बुटवल-१२
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पंगेनी ५ हजार धरौटीमा रिहा भएका छन् । सोमबार साँझ पङगेनीलाई ५ हजार धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए ।
पङ्गेनीले असोज ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि मुक्का प्रहार गरेका थिए । प्रहरीले उनलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो । मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।