अनखबर संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी र बाग्लुंग जिल्लाका ईन्चार्ज धुर्ब घिमीरे(बिप्लव)को नाममा जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राऊ पुर्जी जारी गरेको छ।
फाल्गुन २१ मा तत्कालिन केपी शर्मा वली नेतृत्वको सरकार र नेकपा बिच भएको ३ बॅुदे सहमती बिपरीत नेता विप्लवको नाममा सार्बजनिक सम्पत्तीको बिनाश गरेको मुद्दामा उनलाई यही असोज ११ गतेको आदेश बमोजिम भन्दै हिजो जिल्ला अदालत बाट गएका कर्मचारीले वडा कार्यलयमा पक्राऊ पुर्जी टॅास गरेको बुझिएको छ ।हुन।
सरकार संग भएको ३ बॅुदे सहमती पछि नेकपा खुला राजनीतिमा सक्रिय छ ।
सरकार संगको ३ बुदे सहमति पछि शान्ति पुर्ण गतिबिधी गरिरहेको अबस्थामा पुनः जारी गरिएको पक्राऊ पुर्जीले ३ बॅुदे सहमतीको उल्लंघन गरेको नेकपाले ठहर गरेको हो ।शेर बहादुर देऊवा नेतृत्वको सरकारले नेकपाका बिरुद्द पुन:दमनको बाटो ॲगिकार गर्न सक्ने अनुमान गरिएको छ।
तर यश अगाडि विप्लव नेतृत्वको नेकपाका नेताहरू संगको भेटमा प्रधानमन्त्री देउवाले सहमति प्रति प्रतिबद्ध रहेको बताएका थिए ।
३ बॅुदे सहमती बिपरित आफ्नो नेता कार्यकर्ता पुनः पक्राउ गर्ने काम भए राजनितिक र कानुनी दुवै हिसाबले सशक्त प्रतिकार गर्ने नेकपा स्रोतले अनखबरलाई बताएको छ।