अनखबर
पछिल्ला केही दिनयता बुटवलको बजार क्षेत्रमा दैनिक लामो समय जाम हुने र सडक अस्तव्यस्त हुने भैरहहेको छ । एकातिर विग्रदो सडकको अवस्था अर्काेतिर निर्माणाधीन सडक सँगै सवारी चाप ह्वात्तै बढ्दा सडक जाम बढ्न थालेको हो । विहान ९ बजेदेखी ११ बजेसम्म र साझ ४ देखी ६ बजेसम्म मुख्य सडक नियमित जाम पर्न थालेको छ, सवारी चापमात्रै भन्दा पनि ट्राफिकको व्यवस्थापन चुस्त नहुँदासमेत यस्ता समस्याहरु देखिएको कतिपयले बताउँछन् । बुटवलजस्तो व्यस्त बजारको मुख्य सडकको अवस्था बेहाल छ, घाममा धुलो र पानी आउँनासाथ हिलाम्या हुने सडकभरी खाल्डाखुल्डी छन्, जसका कारण नियमित रुपमा दुर्घटना समेत बढ्न थालेका छन्, यस्तो समस्यलाई न्युनिकरण गर्न नयाँ तालिमप्राप्त ट्राफिकहरु दिनभर खटिन्छन, तर एकातिर ट्राफिक संकेतको अभाव अर्काेतिर जनशक्ती कम हुँदा भित्री बुटवलका भित्री सडकदेखी मुख्य सडकसम्म नियमित जाम पर्न थालेको हो । MVI_9981
यसरी जाम पर्न थालेपछि केही दिनदेखी भने बुटवलस्थित लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख एस पी योगेन्द्र सिंह थापा, ट्राफिक प्रहरी प्रवक्ता डिएपी डिल्लीनारायण पाण्डे लगायत प्रहरी अधिकृतहरु आफैं सडकमा उभिएर ट्राफिक व्यवस्थापन मिलाईरहेका छन्, । हेर्नुहोस तस्वीरहरु :