बुटवल-१७
तिलोत्तमा नगरपालिकाकी मृतक सीता भण्डारीका आफन्त न्याय माग्दै रुपन्देही सदरमुकाम भैरहवा आइपुगेका छन् । प्रहरीले गरेको अनुसन्धानप्रति असन्तुष्ट उनिहरु आज रुपन्देही जिल्ला अदालत घेराउ गरेका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले नियन्त्रण लिएको मृतक सीताका श्रीमान टिका पौडेल, जेठाजु हरि प्रसाद पौडेल र मृतककी आमाजु बिष्णु पौडेललाई सरकारी वकिलले जिल्ला अदालतमा पेश गर्ने थाहा पाएर उनिहरु अदालत घेर्न आएका हुन् ।

प्रहरीले दोषीहरुलाई आर्थिक प्रलोभनमा परि उम्काउने प्रयास गरेको मृतकका आफन्तको आरोप रहेको छ । बिभिन्न नाराबाजी बोकेको प्लेकार्ड सहित आएका आफन्तहरु प्रहरी बिरुद्ध नाराबाजी समेत गरेका थिए । ‘घुस खान पाइँदै’,‘अपराधीलाई कार्यवाही गर’, ‘हत्यारालाई खुलेआम छोड्न पाइँदैन” लगाएतका नारा लगाउँदै उनिहरुले अदालतको काम प्रभावित गर्न खोजेका थिए।

मृतक सीता भण्डारीको आमा पुनम भण्डारीले छोरीलाई कर्तब्य गरि मारेको भन्द्र प्रहरीको अनुसन्धान प्रति सन्देह ब्यक्त गरेकी छिन् । भण्डारीले हत्या गरेकै प्रयाप्त प्रमाण हुँदा–हुदै प्रहरीले यसलाई आत्महत्या बताउदै आएको आरोप लगाइन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी नजिकै घर भएका ४३ वर्षीय टीका पौड्यालकी २७ वर्षीया श्रीमती सिता भण्डारी पौड्याल भदौं २० गते आफ्नै घरको कोठामा रहस्यमय रुपमा मृत फेला परेकी थिइन् । त्यस यता उनको माईती पक्षले छोरीको हत्या भएको बताउदै आन्दोलन गर्दै आएको छ । आन्दोलनकै कारण मृत्यु भएको करिब १ महिना हुन लाग्दा समेत मृतकको शव उठेको छैन।

आफन्तकै भाषामा शवले आफुलाई न्याय मागेको बताउदै न्याय नपाए सम्म उनिहरुले शव नउठाउने चेतावनी दिएका छन् । मृतकका दाजु नाता पर्ने गोपाल भण्डारीले प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरोले निष्पक्ष छानबिन नगरेको आरोप लगाएका छन् । आफन्तले सीता थापालाई कर्तब्य गरि मारिएको आरोप लगाई रहदा रुपन्देही प्रहरीले यसलाई आत्महत्या बताउदै आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २ दिन अघि सीता भण्डारी मृत्यु सम्बन्धि अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको थियो । विवरणमा सीताले आफ्नो मोबाईलको नोटमा सुसाईड नोट छोडेको दावी गरेको छ ।

नेपालीमा लेखिएको एसएमएसको भाषा शैली र प्याटर्न हेर्दा मृतकको बिगतको एसएमएससंग मिलेको रुपन्देही प्रहरी प्रवक्ताद्वारा जारी विवरणमा उल्लेख छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापालाई भिडियो सहितको प्रतिक्रिया लिन खोज्दा उनले क्यामेरामा यस बिषयमा केही बोल्न नचाहेको बताए ।