बुटवल-२०
लुम्बिनी प्रदेशसभाको बैठक केही समय बसेर ४ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख पूर्ण बहादुर घर्तीले बैठकको प्रारम्भ भएको घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा नारावाजी गरेका थिए ।
एमालेको नारावाजीका बीच सभामुख घर्तीले बैठक भने सञ्चालन गरेका थिए । बुधबार दिउँसो ४ बजे बस्ने बैठकबाट प्रतिस्थापन बजेट ल्याउने सरकारको तयारी रहेको छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले संसदबाट बजेट पारित हुने अवस्था नदेखे पछि अध्यादेश मार्फत बजेट ल्याएको थियो ।
नेकपा एमाले मन्त्री अजय बहादुर शाही र सांसद बिमला कुमारी वलीलाई पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ ।