रुपन्देही
रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय ‘मृत्यु’ प्रकरणमा संलग्न रहेको आरोपमा ३ जना पुर्पक्षका लागि थुनामा गएका छन् । मृतक सीता भण्डारीका श्रीमान् टीका पौड्याल ,जेठाजू हरि पौड्याल र उनकी दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता
सत्यनारायण थापा जानकारी दिए।

थुनछेक बहसपछि उनीहरूलाइ पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरी प्रबक्ता डिएसपी सत्य नारायण थापाले बताए ।
थप अनुसन्धानका भैरहेको प्रहरीले जनाएको छ ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेका थिए ।