बुटवल । रुपन्देही उद्योग संघको अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्। संघको अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको छ । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भए पनि महासचिव पदमा भने निर्वाचन हुने संकेत देखिएको छ।
निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरि बहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा बसन्त ढकाल र यमलाल भटराईको उम्मेदवारी परेको छ। खत्री बर्तमान कार्यसमितीमा कोषाध्यक्ष छन भने खनाल महिला सचिवको जिम्मेवारीमा थिईन्। त्यसैगरी ढकाल र भटराई दुवै कार्यसमिती सदस्य हुन्।
संघको निर्वाचन तालिका अनुसार उम्मेदवारी मनोनयनको अन्तिम समय सम्म अध्यक्ष लगायतका अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार बरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्ष पदमा जिबकान्त काफ्लेको मात्रै एकल उम्मेदवारी परेको छ।
त्यसैगरी महिला सचिव पदमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ। यसका साथै आजिबन सदस्य तर्फ माधव नेपाल संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको मात्रै एकल उम्मेदवारी परेका छन।
त्यसैगरी खुल्ला तर्फ रहेको ८ जना खुल्ला सदस्यका लागि ८ जनाको मात्रै उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा प्रेम आले,लाल प्रसाद बस्याल,राजु घिमिरे,बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल,लाल बहादुर थापा र नेत्र रुचालले उम्मेदवारी दिएका छन। भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेले उम्मेदवारी दिएका छन्।
रुपन्देही उद्योग संघको ४३ औ साधारणसभा तथा २२ औ अधिवेशनका सन्दर्भमा संघको आगामी नेतृत्वका लागि असोज २१ गते उम्मेदवारी मनोनयनको तालिका रहेको थियो।