बुटवल-२३
नेपाली काङ्ग्रेस तिलोत्तमा नगरपालिका वडा नं.३ ले हिन्दुहरुको महान पर्व विजय दशमी दिपावली तथा छठको अवसरमा शुभ कामना आदान प्रदान बदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित नगरसभापति हरिलाल पाण्डे, उपसभापति कल्याण पौडेल, उपसभापति मायादेवी चौधरी, सचिव हुमलाल पौडेल, प्रदिप थापा, सह सचिव रमेश पराजुली, दिपक थापा लगायत अन्य सदस्य ज्यु हरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर सभापति हरिलाल पाण्डेले हाम्रो समूह एक जुट भएर काम गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला सदस्य हरिप्रसाद तिवारीले नवनिर्वाचित हुनु भएका सम्पुर्ण सदस्यहरुको समुहले नयाँ योजनाका साथ अगाडि बढोस भन्दै शुभकामना प्रदान गर्नुभयो । कार्यक्रममा आउनु भएका प्रमुख अतिथि जिल्ला सचिव रामकृष्ण खाणले अबको काङ्ग्रेस नयाँ योजना तयार पारी एकजुट भएर अगाडि बढ्ने बताउनु भयो ।