बुटवल । नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खरेलको निधन भएको छ । विभिन्न रोगहरुबाट ग्रसीत खरेलको शनिबार बिहान उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
५७ वर्षीय खरेल नेपाली कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सदस्य पनि हुन् ।
यस्तै नेपाली कांग्रेस रुपन्देहीले खरेलको निधन प्रति शोक व्यक्त गरेको छ । ५७ वर्षको उमेरमा उपचारको क्रममा दिल्लीमा शनिबार विहान भएको निधनले स्तब्ध एवं मर्माहत बनाएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ ।
कांग्रेस रुपन्देहीले ३ दिन सम्म पार्टीको झण्डा झुकाउने साथै अत्यावश्यक बाहेकका कामहरु बन्द गर्ने जनाएको छ ।