अनखबर

बुटवलमा एम्बुलेन्स र मोटरसाईकल एकआपसमा ठोकिंदा दुई जनाको मृत्यु भएको छ। शुक्रवार राती पौने १ बजेतिर लु १ झ २८७ नं. को एम्बुलेन्स र लु २४ प ३९८७ नं. को मोटरसाईकल बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगरमा ठोकिएका थिए।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवल तर्फ आईरहेको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गईरहेको मोटरसाईकल एकआपसमा ठोकिंदा मोटरसाईकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षिय अनमोल थापा र मोटरसाईकलको पछाडी बस्ने सैनामैना ४ बस्ने ३५ वर्षिय निशान क्षेत्रीको मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।एम्बुलेन्स चालक गैंडहवा गाउंपालिका ६ बस्ने ३६ वर्षिय सुरेन्द्र मुराउ घाईते भएका छन्।