बुवा चित्रबहादुर चन्द र आमा कुसमाया चन्द को जेष्ठ सुपुत्रको रुपमा ०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा जन्मिनुभएका कमरेड वीरजङ्ग (चन्द्रबहादुर चन्द) एक स्थापित एवम् परिचित नाम हो । केवरी प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा लिनुभएका विरँजगले बालकल्याण मावि लिवाङमा माध्यामिक शिक्षा हासिल गर्नुभयो । राजकुमारी शाहँसँग बैबाहिक जीवनमा बाधिएका चन्दका हाल ९३ बर्षिय आमा, २ जना भाई ,२ दिदीहरु १ बहिनीहरु २ छोरा बुहारी छन् । उहाँहरु २०४५ सालमा सपरिवार कपिलवस्तुको शिवगढीमा बसाई सरी आउनुभएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।


राजनीतिक जिवन ः
माध्यामिक शिक्षा सुरु गरेसँगै राजनीतिक आबद्धता सुरुवात भएको देखिन्छ । सुरुमा अखिल छैठौंको जिल्ला सदस्य भई राजनीतिक प्रारम्भ गरेका विरजंगले आफ्नो अध्ययनपछि लगत्तै गाउँपञ्चायतको सचिव पदमा जागिर खाई सरकारी सेवासमेत गर्नुभएको थियो । २०४५ सालमा शिवगढी आएलगत्तै उहाँले एकता मसालको पार्टी सदस्यता लिई २०४६ सालमा पार्टीको जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०३५÷३६ को विद्यार्थी आन्दोलनमा रोल्पाबाटै होमिएका विरजंग २०४६ सालको जनआन्दोलनमा कपिलवस्तुबाट भूमिका खेल्नुभएको थियो । विद्यार्थीकालमै पञ्चायती कालरात्रीका विरुद्ध राजनीतिक यात्राको थालनी गर्नुभएका कमरेड वीरजङ्ग नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), नेकपा–माओवादी र नेकपाको पोलिटब्युरो सदस्य (हाल केन्द्रीय सदस्य) हुनुहुन्थ्यो २०४७ सालमा आफूले खाईरहेको गाविस सचिवको सुविधासम्पन्न जागीरबाट पूर्ण राजीनामा दिई पूर्णकालिन राजनीतीमा होमिनुभयो ।

२०४८ सालमा निर्वाचिन उपयोग गर्ने तत्कालिन नेकपा मसालको नीतिअनुरुप साविक शिवगढी गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित समेत भएका थिए । गाविस अध्यक्ष भएपछि पनि निरन्तर उत्पीडित जनता र वर्गको पक्षमा काम गर्दै जादा शोषक र सामन्त उहाँको निम्ती दुश्मन बनेर आए । त्यतिबेलैदेखी उहाँमाथि झुटा मुद्दा हाल्ने, गिरफ्तारी समेत गराउने प्रपञ्चकोसमेत डटेर सामना गर्नुभयो ।
क. विरजगँ २०५२ साल फागुन १ गतेदेखी शुरु भएको माओवादी सशस्त्र आन्दोलनका थालनीकर्तामध्येका एक हुनुन्थ्यो । सुरुमा कपिलवस्तु जिल्लामै रहेर भूमिगत जिवन विताएका विरजंगले २०५३ सालमा बाग्लुङ र म्याग्दीको जिम्मेवारी लिएर कपिलवस्तुवाट विदाई हुनुभएको थियो । बाग्लुङ म्याग्दीको सेक्रेटरी त्यसपछि इन्जार्च हुँदै जनमुक्ती सेनाको प्लाटुन कमिसार हुँदै बटालियन कमिसार भई जनयुद्धका महत्वपूर्ण मोर्चाहरुमा अग्रमोर्चामा खडा भई प्रत्यक्ष भाग लिनुभएको थियो । म्याग्दीको बेनी आक्रमणको क्रममा उहाँलाई गोली लाग्यो, तर जनमुक्ति सेना लगायत पार्टीका नेता कार्यकर्ताले उद्दार गरी निको भएपछी उहाँ पुन रुपन्देहीको इन्चार्जको जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा खट्नुभयो । शान्ती प्रक्रिया मार्फत तत्कालिन नेकपा माओवादीले हतियार विसाएपछि उहाँ कपिलवस्तुको इन्चार्ज रहनुभयो । त्यसपछी मोहन बैद्यसँगै पार्टी पुनगर्ठनमा सक्रिय उहाँले दोस्रो पटक नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएपछि पनि नेकपाको केन्द्रीय सदस्य, लुम्बिनी व्यूरो इन्चार्ज, पोलिट्व्यूरो सदस्य हुँदै मध्यपश्चिम कमाण्डकै इन्चार्जको रुपमा काम गर्नुभयो । पार्टीमाथि प्रतिबन्ध पश्चात २०७६ सालमा बैठक बसिरहेको बेला दाङ्गबाट गिरफतार पर्नुभयो । १९ महिनासम्म जेल जीवनको क्रममा उच्च मनोबलका साथ क्रान्ती र देशप्रती इमान्दार रही जेलमोर्चामा समेत अब्ब्ल मानिनुभएका विरजंगलाई जेल हिरासतकै क्रममा विभिन्न झुटा मुद्दामा फसाउने, विभिन्न जिल्ला घुमाउने, अदालतबाट रिहा हुने र बाहिर गेटबाट फेरी पक्राउ पर्ने अनेकौं षडयन्त्रको सामना कमरेड विरजंगले गर्नुभयो । त्यसैक्रममा उहाँ कोभिड १९ को महामारीबाट समेत संक्रमित हुनुभयो । सरकारले उहाँको उपचारमा वास्ता नगर्दा उहाँको स्वास्थ्य दैनन्दीन विग्रदै गईरहेको थियो । पार्टी र सरकारबीच भएको ३ बुँदे सहमतिपश्चात चितवन कारागारबाट उहाँ रिहाँ हुनुभयो । रिहा भएलगत्तै उपचारको लागी अनेकौ कोशिसहरु भए, नेपालका थुप्रै अस्पताल र भारतको म्याक्स अस्पतालसम्म उपचार भएपनि अन्नत उहाँको भौतिक शरिर गुमाउनु भयो । ६० बर्ष ७ महिना २१ दिन बाचेका विरजंगले एउटा किसान परिवारमा जन्मिएका विरजंगले आफूले उहाँको अदम्य शाहस,विचारप्रतीको निष्ठा, अनुशासनको दृढतापूर्वक पालन, पार्टीप्रती त्याग , तपस्या र बलिदानीभावले सधै मार्गदर्शक बनिरहे । अलविदा कमरेड महान् जनयुद्धको येनान रोल्पामा जन्मिएर वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा श्रेष्ठ विचारयुक्त एवम् उदात्त भावनासहित होमिएको एक होनहार योद्धा, कुशल र दुर्लभ नेता हुनुहुन्थ्यो– कमरेड वीरजङ्ग ।
पन्चायतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा ०७८ असोज २० गते दुःखद् निधन भएको हो ।