काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । उनीहरु तालिवानको राज्यसत्ता कब्जापछि त्यहाँबाट भागेर भारतको बाटो हुँदै नेपाल आईपूगेका हुन् । उनीहरुको बयानका अनुसार उनीहरु भारत हुँदै नेपाल भारत सिमानाका बेलहियाबाट छिरेर भैरहवा हुँदै काठमाडौं आएको बताएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

पक्राउ पर्नेमा अमनुल्लाह मोहम्मदी, अजमल सरिफी, अकम जाजाइ, रोमल होटक, इसनुल्लाह हसेमी, इमरान अलि जादा, मोहम्मद जमराइ सनिकजाई, नजिफा स्तानिकजाइ, मिस्बाह जैनव स्तानिकजाइ, नुरुल हाया स्तानिकजाई, मोहम्मद रायन स्तानिकजाई रहेका छन् । (तस्वीर सांकेतिक )