नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले केन्द्रीय सदस्य स्वर्गीय वीरजङ्गको सम्मान र स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेकपा नवलपरासी जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् नवलपरासीरनवलपुर इन्चार्ज सरद ओलीले स्वर्गीय वीरजङ्गले वर्गसङ्घर्ष एवम् पञ्चायती निरङ्कुशता, दश बर्षे जनयुद्ध र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका र क्रान्तिकारी पार्टी निर्माणमा गर्नु भएको योगदान, दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने सपना पूरा गर्न सबै नेताकार्यकर्ता गोलबन्द हुँदै उहाँले छोडेको बाँकी कार्यभार श्रमजीवी किसान मजदुर उत्पीडित वर्गलाई अगाडि बढाउनुपर्ने बताए ।
नेता ओलीले वीरजङ्ग अत्यन्त इमानदार छवि भएका नेता क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनका योद्धा, क्रान्तिका अभिभावक एवम् कुशल सङ्गठकको दृढतालाई पार्टी अगाडि बढाएको एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि बढाउने बताए । उनले नेता वीरजङ्गको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरू पनि दोषी भएको बताए ।
यसैगरी नेकपा नवलपरासी जिल्ला सचिवले वीरजङ्गको जिवनी र पार्टीमा गर्नु भएको योगदानबारे जानकारी गराएका थिए । यस्तै अन्य वक्ताहरूले महान् नेता स्वर्गीय वीरजङ्ग देश र जनताको पक्षमा निस्वार्थ स्वभावका हक्की र इमान्दार नेता गुमाएका छौँ, नेताको निधनले पार्टीलाई मात्र नभई कम्युनिस्ट आन्दोलनलाई नै अतुलनीय क्षति बेहोर्नु परेको र उहाँले देखाएको बाटो अडिग भई लाग्ने प्रतिबद्धता जनाएका थिए ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् नवलपरासीरनवलपुर इन्चार्ज सरद ओली, नेकपा जिल्ला सदस्य एवम् दलित मोर्चाका केन्द्रीय सदस्य रामप्रीत, अखिल क्रान्तिकारी नवलपरासी इन्चार्ज विकल्प खत्री, नवलपुर श्रीराम बस्याल, पार्टीका पुर्व इन्चार्ज सुमन लगायत नेताकार्यकर्ता सुभचिन्तकको उपस्थिति रहेको थियो ।
नेकपा नवलपरासीका सचिव धिरज रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य प्रतापले गरेका थिए ।