अनखबर
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिलाई लिएर नेकपा रुपन्देहीले भैरहवामा प्रर्दशन आयोजना गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअनुसार आज सो पार्टीले प्रदर्शन गरको हो । कार्यक्रमा नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिती छ । कोणसभा कार्यक्रमको सम्बोधन गर्दै नेताहरुले जनतामाथि सरकारले मनोमानी ढंगले महंगी, कालोबजारी, दलालिहरु मार्फत खुलेआम रुपमा लुट मच्चाई रहेको बताए।
भान्सामा माना कसरी जुटाउने भन्ने कुराले सताइएका जनताका चुलामा आगो समेत बाल्न नसक्ने गरि ग्यासको मूल्य भढाएको प्रती आपत्ति जनाए। यसरी जनताप्रती गैरजिम्मेवार भइ सरकारले दिनानुदिन पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गराएको हुनाले जनताका वैकल्पिक शक्तिको रुपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी फेरि पनि मसाल जुलुस सहित सडकमा आउन बाध्य भएको कुरा जानकारी गराए। त्यस्तै कार्तिक २९ गते भित्र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज नगरे विशाल जनसंघर्षमा जुट्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार अफै हुनुपर्ने चेतावनी समेत दिए। साथै कार्तिक ३० गते नेपाल बन्द गर्न बाध्य हुने र सो बन्द सफल पार्न पुलिस, प्रशासन, कर्मचारी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा, पत्रकार लगायत आम नेपाली जनतालाई अपिल समेत गरेका छन्।