स्याङ्जा-२९
पेट्रोलियम पदार्थको मुल्य वृद्धि,महङ्गी,कालोबजारी र भ्रष्टाचारका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले मशाल जुलुश निकालेको थियो ।

भोलिको नेपाल बन्दको पुर्वसन्ध्यामा स्याङ्जाको वालिङ १३ बायाँटारीमा आज साझ निकालिएका मशाल जुलुस हो ।

कार्यक्रममा वालिङ १३ र १४ का स्थानीय युवाहरूको सहभागीता रहेको नेकपाले जनाएको छ ।
नेकपाले भोलि शैक्षिक संघ,संस्था,उधोगधन्दा,कलकारखाना लगायत सबै क्षेत्र बन्द गरि महङ्गी विरुद्धको आन्दोलनमा सहयोग गर्न अपिल गरेको छ ।