नेपाल बन्दको क्रममा नेकपा कपिलवस्तु सेक्रेटरी कमलसहित कपिलवस्तुबाट डेढ दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सेक्रेटरी कमलसहित १२ जना, चन्द्रौटाबाट पावेललगायत ७ जना र गोरूसिंगेबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य बिस्णु राउतलाई प्रहरीले गिरफ्तार गरेको छ ।त्यसैगरी नवलपुरमा विशेष कमिटी सदस्य बिश्वाससहित जिल्ला सदस्यहरू धनबहादुर कुमाल, नरबहादुर कुमाल,सूर्य सापकोटा, दीपक बिक, मानबहादुर कुमाललाई मध्यबिन्दु चोरमाराबाट प्रहरीले गिरफ्तार गरेको छ ।पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि बिरूद्व नेकपाले गरेको नेपाल बन्दको क्रममा कपिलवस्तु, रूपन्देही, नवलपूर, नवलपरासी, पाल्पा, अर्घाखाँची लगायतका यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटल व्यवसायहरु बन्द रहेका छन् ।
नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र खाद्यबस्तुमा बढाएको चर्को मूल्यवृद्धि विरुद्ध नारा लगाएका छन् । सडकहरुमा गाडीहरु चलेका छैनन् । लामा र छोटा दुरीका सबै यातायातका सवारी साधनहरु बन्द रहेका छन् ।
बन्दकर्ताहरु राजमार्ग र बजार क्षेत्रमा बसेर मूल्यवृद्धिबारे जनतालाई सचेत गराइरहेका छन् । नेपाल बन्दको समर्थन गर्दै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थीलगायत सडकमा उत्रिएर मूल्यवृद्धि विरुद्ध नारा लगाइरहेका छन् ।
बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडीलाई सञ्चालन हुने दिने नेकपाले बताएको छ । बन्द साँझ ५ बजेपछि खुल्ने समेत नेकपा स्रोतले बताएको छ ।