अनखबर

नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन जारी गरेको हो । यसअघि काठमाडौंमा बृहत प्रदर्शन गर्ने निर्णय भएपनि आसन्न महाधिवेशनलाई केन्द्रमा राख्दै काठमाडौंको प्रदर्शन छोट्याएर स्थानीय स्तरमा कार्यक्रमहरु मनाउने निर्णय सो पार्टीले गरको हो । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ देखि ८ गतेसम्म केन्द्रदेखि स्थानीय स्तर र घरघरसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । कार्यालयले बिहीबार साँझ दिएको जानकारी अनुसार मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली गरिनेछ भने ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप स् कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिनेछ । त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवामार्च गरिनेछ । मङ्सिर ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइनेछ ।

पार्टी पुनर्गठन दिवसको तीनदिने कार्यक्रम

१ मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली

२ मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप ९कविता, लोकगीत, वक्तृत्वकला इत्यादि० कार्यक्रमहरू गर्ने

३मङ्सिर ८ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवामार्च गर्ने । –

८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने ।