बुटवल-८
देविनगर स्थीत आरती बहुउद्देश्य सहकारी संस्था लि. ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जीवन दान भन्ने उदेश्यले कार्यक्रम आयोजन गरेको सहकारी संस्थाका अध्यक्ष खडक बहादुर थापाले बताए । आरती बहुउद्देश्य सहकारी संस्थाले वर्षको चार पटक रक्तदान कार्यक्रम आयोजना गरिरहेको अध्यक्ष थापाले बताए ।
सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको सचिव हेमराज थापाले बताए । एक व्यक्तिको बढी भएको रगतले आर्कोको जिवनको रक्षा गर्ने भएकाले रगतको बढी महत्त्व भएको कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय युवा परिषद नेपालका केन्द्रीय सञ्चालक सन्दिप सापकोटाले बताए ।
यस्ता कार्यक्रमले समाजमा राम्रो संदेश दिने भएकाले आगमी दिनमा पनि रक्तदान कार्यक्रम आयोजना गरिरहने संस्थाका व्यवस्थापक नारायण आत्रेयले बताए ।
कार्यक्रम संस्थाका संचालक कृष्ण बहादुर जि.सीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सहकारीका कर्मचारी लक्ष्मण श्रेष्ठ, गोविन्द कुमाल लगायतका सम्पूर्ण कर्मचारीको उपस्थिती रहेको थियो ।