अनखबर
जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमालेको अधिवेशनको भीडलाई निम्ने बेलाको बत्तिको संज्ञा दिएका छन । उनले पञ्चहरुले पनि यस्ता ठूला ¥याली गरेको स्मरण गर्दै प्रतिगामी शक्ति हार्ने निश्चित भएको बताए । देशमा भएको अधुरो क्रान्तिले देश प्रतिमनतर्फ उन्मुख भएको बताएका छन् । राजनीतिक दलका कार्यक्रम, नेताहरुको जीवनशैली र जनताको आवश्यकताविच तालमेल नभएको भन्दै उनले यसले देशलाई झनै पछाडी धकेलेको विश्लेषण गरे ।देशमा बैकल्पीक शक्तिको खाचो रहेको भन्दै भट्राईले प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको सम्भावना औल्याएका थिए । चुनावसम्म हालकै गठबन्धन एकताबद्ध हुन अपिल गरेका भट्राईले ओलीको महाधिवेशनलाई पञ्चाएतको भेलाजस्तो भएको टिप्पणीसमेत गरे ।


जनता समाजवादीको संगठन सुदृढिकरण तथा जनजागरण अभियान अन्तर्गत लुम्बिनीमा भेटघाट तथा प्रशिक्षणमा पुगेका भट्राईले देशको भविष्यको लागी पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको व्यवस्था आवश्यक रहेको बताएका थिए ।