काठमाडौँ– दक्षिण अफ्रीकन राज्यहरुमा हाल देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई भ्याक्सिनले समेत रोक्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता एवम् प्रोफेसर डा। जागेश्वर गौतमले सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले ओमिक्रोन भेरियन्टसम्बन्धि गरिएको प्रारम्भिक अनुसन्धान अनुसार कोभिड–१९ विरुद्धको खोपले समेत यस भेरियन्टलाई प्रभाव नपारेको जनाउँदै ट्वीटरमा लेखेका छन्, ‘दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नयाँ भेरियन्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ ।’
विश्व स्वास्थ्य संगठन डब्लूएचओले  नयाँ भेरियन्ट अफ कन्सर्नु ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण(पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण(पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।
ुयस क्षेत्रका अधिकांस देशहरुमा कोभिड(१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ,ु डब्लूएचओकी क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंहले भनिन् ।
विज्ञप्तीमा दक्षिण(पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।ुजति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड(१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,ु क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन् ।