अनखबर संवाददाता
नेपाल कम्युनिस्ट पार्टी कालिकोटले गाउँ गाउँमा सांस्कृतिक अभियान सञ्चालन गरेको छ । साबिकको बदालकोटमा आयोजित जनसभालाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले संसदिय व्यवस्था पुर्णरुपमा असफल भैसकेकाले नयाँ ब्यबस्थाको बिकल्पका लागि जनमत संग्रह अनिबार्य भएको जिकिर गर्नुभएको छ । रणदिपले बिना हिचकिचाहट जनमत संग्रहको निर्बाचन गर्नु पर्ने धारणा राख्दै जनमतसंग्रहलाई बेवास्ता गर्दै जबर्जस्ती निर्वाचन गर्न खोजिए देश ठूलो दुर्घटनामा जाने ठोकुवा समेत गर्नुभएको छ । एक फरक प्रशंङ्गमा रणदिपले तीन बुदे सहमती कार्यन्वयनमा बर्तमान सरकार उदासिन हुन नहुने बताउनुभयो । नगर कमिटी सदस्य सन्तोषको अध्यक्षतामा आयोजित कार्यक्रममा कलाकारका संयोजक सभ्यता,बयबृद प्रेम बहादुर शाही,राष्टीय खेलाडी राम बहादुर शाहीको उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रभात स्मृती जनकलाकारको रोचक प्रस्तुती गरिएको थियो ।