अनखबर / बुटवल
मुख स्वास्थ्य बारे बुटवलमा पहिलोपटक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आधुनिक समाज डेण्टल, मुख स्वास्थ्य अभियानको आयोजना तथा स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशको समन्वयमा आयोजित अन्तरक्रियामा मुख स्वस्थ राख्नको लागि सन्तुलित आहार र खानपानमा ध्यान दिन अवश्यक रहेको सरोकारवालाहरुले बताएका छन।
मुख स्वास्थ अभियान नेपाल तथा आधुनिक समाज डेण्टल केयर प्रालिको आयोजनामा सञ्चालित बर्तमान समयमा मुख स्वास्थ्य शिक्षाको आवश्यकता र महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताएका हुन।
कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ निर्देशनालय लुम्बिनी निर्देशक डा बिनोद गिरिले यस क्षेत्रमा मुख स्वास्थ र दातको उपचारको लागि ब्यवस्थापन गर्दै जाने बताएका छन। उनले प्रदेशका सबै अस्पतालमा डेन्टिस्ट टिम रहेको बताउदै स्थानिय पालिका मतहतमा यो सेवा नरहेकोले यस्को ब्यवस्थापन गर्दै जाने बताए। उनले अभियानको रुपमा मुखमा लाग्ने रोगबाट कसरी वच्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए।
उनले दातमा रहेका फोहोर बस्तुहरु निकाल्न गरिने ब्रसलाई राम्रोसँग गर्नुपर्ने बताए । उनले नियमित दात परिक्षण पनि गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै मुख स्वास्थ अभियान नेपालका संयोजक तथा आधुनिक समाज डेण्टल केयर प्रालिका अध्यक्ष अमृत भुषालले मुख स्वास्थ तथा दातको उपचार महँगो भएकोले रोग लाग्न नदिन आग्रह गरे । उनले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बचिने बताए । उनले यो शिक्षाको बारेमा सबैलाई थाहा नहुदा समस्या भएकोले प्रचार प्रसार आवश्यक रहेको बताए।
कार्यक्रममा अहिले मुख स्वास्थक अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन तथा अर्थोडेन्टिक्स विभागिय प्रमुख डा. वर्षा थापाले फोक्सो पछि सबैभन्दा धेरै हुने क्यान्सर मुखकै हुने तथ्य बताईन। उनले नेपालमा अझैपनी मुख स्वास्थको बारेमा जानकारी नभएकोले पनि प्रचारप्रसार अझै बढाउन आवश्यक रहेको बताइन।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण समितीका ऋषि आजाद, एक्सिस कलेजका प्रीन्सिपल माधब पौडेल लगायतले बोलेका थिए ।

४ बैंक संग सम्झौता
यसैबिच आधुनिक समाज डेन्टल केयर प्रालि बुटवल र विभिन्न ४ बैंक संग सम्झौता गरेको छ। । बिगत १७ वर्षदेखि दाँत, मुख, गिँजा सम्बन्धी सेवा दिँदै आएको आधुनिक समाज डेन्टल केयर प्रा लि ले एनएमबि बैंक, एनआइसी एसिया, कामना सेवा बिकास बैंक र शाईन रेसुङा बिकास बैंक संग सम्झौता गरेको हो।
सम्झौता अनुसार यी बैंकका कर्मचारीको उपचारमा १० देखि ५० प्रतिशतसम्म उपचारमा छुट दिने गरी ४ बैंकका बिचका सम्झौता भएको हो ।
सम्झौतामा आधुनिक समाज डेन्टल केयर प्रालिको तर्फबाट अध्यक्ष एवं प्रवन्ध निर्देशक अमृत भुसाल र शाईन रेसुङा बिकास बैंकका तर्फबाट नम्रता थापा, एनआइसी एसियाको सागर लम्साल, एनएमबि नवीन बिष्ट, कामना सेवा बिकास बैंकको तर्फबाट मोहनदत्त ढकालले हस्ताक्षर गरेकी हुन।