शिव डुम्रे/ बुटवल
बुटवल १७ रानीगन्जका ६६ बर्षिय विरबहादुर रसाईलीको शव लिएर गएको बस दुर्घटना हुँदा निधन हुनेको संखया ८ पुगेको । स्थायी घर अर्घाखाँचीको मालारानी २ गर्छकुभिण्डे रहेको रसाईली परिवारको चाहानाबमोजिम शवलाई गुल्मीको रिडीमा लगिएको थियो । शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो।


दुर्घटना परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल पाल्पामा उपचारको लागि पु¥याईएको छ । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५०मिटर तल झरेको प्रहरीले जनाएको छ ।

यता नहरपुर र रानीगन्जको गाउँ पूरै शोकमग्न छ, मलामी गएकाहरुको नै दुर्घटनाबाट निधन भएको खबरले गाउँ पुरै शोकमा डुबेको हो । निधनमा कसकसको भैसकेको हो भन्नेबारे अझै सनाखत भैसकेको छैन, तथापी नहरपुर स्थायी भएका १ जना पुरुष र मलामी गएका मृतकका १ छोराको समेत निधन भएको अपुष्ट खबर प्राप्त भएको छ।