बुटवल। बुटवलबाट शव लिएर रिडिका लागि छुटेको बस दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अर्घाखाँची मालारानी २ का २६ वर्सिय शंकर बिक , सोही स्थानकै बिजय थापा , बुटवल ११ का पशुपती रसाली , बुटवल १७ भोजेन्द्र बिकको सनाखत भैसेकेका छ भने बाकी ४ जनाको सनाखत हुन बाकी छ । आइतबार बुटवल रानीगञ्जका ७० वर्षीय वीर बहादुरको विश्वकर्माकोे शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो।

दुर्घटना परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवल रानीगञ्ज निवासी ७० वर्षीय वीरबहादुर विश्वकर्मा शनिबार निधन भएको स्थानीय सन्तबहादुर रानाले बताए। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५०मिटर तल झरेको प्रहरीले जनाएको छ ।