अनखबर /भैरहवा
नया बर्ष २०२२ को अवसर पारी भैरहवा स्थित सामाजिक काममा सक्रिय संगठन जयसवाल युवा समितिले असाहय बालबालिकाहरुलाई सहयोग गरेको छ ।
समितिले भैरहवास्थित सिद्दार्थ बालगृहमा रहेका बालबालिकाहरुलाई खाना खुवाउदै खेलकुद तथा स्टेशनरी सामाग्रीहरु बितरण गरेको थियो । नयाँ बर्ष २०२२ को शुभकामना आदानप्रदान गर्दै बालबालिकालाई आवश्यक सामग्रीहरु सस्थाले सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै कमिटीका अध्यक्ष अमन जयसवालले बालबालिकाको समस्यामा सधै अभिभावकत्व ग्रहण गर्ने बताउदै यस्ता सहयोगहरु नियमित गर्ने बताए । कार्यक्रममा कमिटीका वरिष्ठ उपाध्यक्ष सुमित जयसवालले आफूहरुले बालबालिकालाई खाना खुवाएर केही सहयोग गरेको भन्दै समाजमा अप्ठ्यारोमा परेका अन्य मानिसलाई पनि सहयोग गर्ने र सामाजिक काममा कमिटी सधैं अग्रसर रहेको बताए ।यस्तै कार्यक्रममा बोल्दै कमिटीका उपाध्यक्ष शिवम जयसवालले नया वर्षमा सबै व्यक्तिहरु घुम्न जाने , पार्टी पौवामा भोजभतर गर्दै रमाइलो गर्छन, तर हामी वालगृहको अनाथ बालवालिकाहरु संग रमाईलो गर्दै केहि फरक तरिकाले नया वर्ष मनाउन खोजेको भन्दै, अरुलाई पनि रचनात्मक तारिकाले पर्वहरु मनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा जयसवाल सेवा समितिको महासचिव अर्जुन जयसवालको प्रमुख आतिथ्य, तथा जयसवाल महिला सेवा समितिको अध्यक्ष पुनम देवि जयसवालको विशिष्ट आतिथ्यमा समापन गरिएको थियो ।
संस्थाको संचालिका कृष्ण माया गुरुङ ले यस्तो रचनात्मक कार्य निकै प्रशंसनीय रहेको बताईन। कार्यक्रम संचालन जयसवाल सेवा समितिको सचिव माया जयसवालले गरेको थिइन र सो कार्यक्रममा स्वागत मन्तव्य निशा जयसवालले दिएको थिइन ।