२५ पुस, बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर डुम्रे शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै डुम्रे निर्वाचित भएका हुन् ।  प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन् । थारुले ३ सय ४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरे ।उल्टियो सचिवको मतपरिणाम सचिवमा १७८ मतसहित चन्द्रबहादुर (सीबी) गहतराज विजयी भएका छन् । प्रतिस्पर्धी विश्व कार्कीले १७६ मत पाए ।
सचिवमा शुरुमा कार्कीलाई ५ मत अन्तरले विजयी घोषणा गरिएको थियो तर गहतराजले पुनः गणनाको माग गर्दा कार्की पराजित भएका हुन् ।
सचिवका अर्का प्रतिस्पर्धी भेषराज पाण्डेले १ सय ६० मत प्राप्त गरेका छन् । यस्तै उपसचिव खुल्लामा अर्जुन केसी र महिला उपसचिवमा सुशीला दर्लामी सर्वसम्मत निर्वाचित भएका छन् ।