अनखबर संवाददाता / वालिङ्ग
स्याङ्गजाको वालिङ्ग १० भकुण्डे ठाडोलाईनमा डेरा गरि बुबाआमा संगै बस्ने अन्दाजी १६ महिनाको नाबालकको घाँटी रेटेर निर्ममता पुर्वक हत्या गरिएको छ ।
स्याङ्जा सिर्सेकोट छापा स्थायी घर भइ भकुण्डेमा डेरा गरेर बस्ने नाबालकलाई त्यही घरमा अर्को डेरामा बस्ने पर्वत ५ पैंयुका ३३ बर्षिय जितेन्द्र गुरुङले हत्या गरेको प्रहरीले बताएको छ । हत्या आरोपित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना कुन उदेश्यले किन घटाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।