भैरहवा, ११ माघ । विश्वभरी विभिन्न क्लबहरु मर्फत सामाजिक सेवा गरिरहेको लायन्स क्लबले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ग्रामिण क्षेत्र केन्द्रित सेवा विस्तारमा जोड दिन थालेको छ ।
डेढ बर्ष अगाडी भैरहवामा कार्यलय रहनेगरी स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले रुपन्देही र कपिलवस्तुको ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न थालेको हो । यसैबीच लायन्सको अन्तराष्ट्रिय नारा हामी सेवा गर्छौ र राष्ट्रिय नारा आफुलाई विश्वास गरौं तथा क्लबको नारा समाजकोलागि सँगसँगै भन्ने तीन किसीमका मन्त्रलाई आत्मसाथ गर्दै मानविय सेवामा केन्द्रित भईरहेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले ग्रामिण क्षेत्र केन्द्रित गतिविधीलाई जोड दिएको क्लबका अध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए । अध्यक्ष गिरीले भने, “लायन्सको अन्तराष्ट्रिय चैन भित्र रहेर हामीले नेपालमा ३२५ वि टू डिस्ट्रीक अन्र्तगत काम गरिरहेका छौं । हामी जतिसक्दो गाउगाउमा लायन्स क्लब खोल्ने, कोरोना महामारीको यो तेस्रो लहरमा पनि ती लायन्स क्लब र लायन सदस्यहरु मार्फत विभिन्न मानविय कार्यलाई अगाडी बढाउनेगरी गतिविधी गरिरहेका छौं । ”
अध्यक्ष गिरीले अगाडी भने, “कोरोनाको पहिलो लहरमा हामीले मास्क लगाउने अभियानलाई गाउगाउमा पुरायौं । दोस्रो लहरको बेला अस्पतालहरुमा उपचाररत विरामी र तिनका कुरुवालाई खाना खुवाएर मानविय सेवा गर्यौ अब यतिबेला तेस्रो लहर चलिरहेको छ । यो समयमा पनि हामी आफु सुरक्षीत भएर अरुलाई सक्दो मानविय सेवा प्रदान गर्न लागिरहेका छौं । ”
संस्थाले रुपन्देहीको मर्चवारी गाउपालिकामा लायन्स भिलेज निर्माण गर्नेगरी तयारी थालेको प्रथम उपाध्यक्ष श्रीबहादुर रायमाझीले बताए ।
यसैबीच क्लबले मंगलबार कपिलवस्तुको पकडीमा लायन्स क्लब अफ कपिलवस्तु मायादेवि ग्रीनसिटीका सदस्यहरुलाई तालिम प्रदान गरेको छ । कपिलवस्तु जिल्लाको विभिन्न क्षेत्रमा सेव ागर्ने ध्ययेले स्थापीत उक्त संस्थाका बोर्ड सदस्यलाई तालिम दिइएको हो ।
उक्त तालिममा लायन्स ३२५ बि टू का जिल्ला उपप्रमुख विजय पान्डेले लायन्स अभियान मार्फत नेतृत्व विकास मात्रै नभएर सामाजिक सेवामा एक्यैबद्धता बढेर जाने बताए । सो कार्यक्रममा मायादेवि गाउपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मिले सामाजिक सेवा र मानविय सेवाका भावले मायादेवि गाउपालिका क्षेत्रमा लायन्स क्लब अफ कपिलवस्तु मायादेवि ग्रीनसिटी सन्चालनमा आएको देख्दा गौरवान्वीत भएको बताए । उनले भने, “अहिलेको स्वार्थि समयमा सामाजिक र मानविय सेवा भावले युवाहरुको सहभागितामा खुलेको सामाजिक संस्थासँग गाउपालिकाको राम्रो सहकार्य हुनेछ ”
अध्यक्ष कुर्मिले लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीको पहलमा र स्पोन्सरमा खुलेको लायन्स क्लब अफ कपिलवस्तु मायादेवि ग्रीनसिटीको सन्चालनमा मायादेवि गाउपालिकाले सक्दो सहयोग गर्ने पनि बताए ।
एकदिने उक्त तालिममा लायन्स ३२५ बि टू का जिल्ला उपप्रमुख विजय पान्डेले लायन्सको मर्म, धर्म, सिद्धान्त, बैठक सन्चालन विधि, कार्यक्रम सन्चालन तरिकाको बारेमा प्रशिक्षण दिएका थिए । यसैगरी अर्का प्रशिक्षक श्री रायमाझीले लायन्स अभियान र लायन्स क्लबको भूमिकाको विषयमा , नरेश के.सीले सामाजिक सेवा, मानविय सेवा र व्यक्ति विषयमा तथा गोबिन्द प्रसाद गिरीले लायन्स क्लबका अध्यक्षको जिम्मेवारी, सचिव र कोषाध्यक्षको जिम्मेवारी तथा सदस्यहरुको काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिएका थिए ।
लायन्स क्लब अफ कपिलवस्तु मायादेवि ग्रीनसिटीका अध्यक्ष दीपक पासीको अध्यक्षता, चन्द्रपाल कुर्मिको सन्चालन एवम् दिपेश्वर अर्यालको संयोजनमा सम्पन्न कार्यक्रममा प्रहरी नायब निरीक्षक देव बहादुर के.सी, गाउपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मि लगायतले मन्तब्य राखेका थिए ।
लायन्स क्लब अफ कपिलवस्तु मायादेवि ग्रीनसिटीले वर्तमान अवस्थामा कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजरगरी गाउपालिका, स्थानिय प्रहरी प्रशासन तथा सहयोगी संघसंस्थाको सहकार्यमा विभिन्न सामाजिक र मानविय कार्यगर्नेगरी योजनाहरु बनाएको उक्त संस्थाका अध्यक्ष दीपक पासीले बताए ।
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले रुपन्देहीको लुम्बिनी र गैडहवा गाउपालिका क्षेत्रमा तथा ओमसतिया गाउपालिकामा पनि ग्रामिण क्षेत्र केन्द्रित विविध सामाजिक काम गर्नेगरी क्लबहरु गठन गरिसकेको छ ।
शिबनाथ गुप्ता संस्थापक अध्यक्ष रहेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले लायन्स ३२५ बि टू मा रहेका क्लबहरु मध्ये सबैभन्दा धेरै संस्थापक सदस्य संख्या रहेको क्लब पनि हो । उक्त क्लबले स्थापनाको बर्षदेखि नै निरन्तर लायन्स अन्तराष्ट्रिय र डिस्ट्रीकले प्रदान गर्ने महत्वपुर्ण सामाजिक तथा मानविय सेवा बापत प्रदान गरिने अर्वाडहरु पनि प्राप्त गर्दै आएको छ ।