अनखबर
राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटनामा परेको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको कालाकाटे नजिक स्कारपियो र ट्रक जुधेका हुन् । दुर्घटनामा सांसद सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी २५८४ नम्बरको ट्रकसँग ठोक्किएको हो।
प्रदेश सांसद तुलसी चौधरी र एकजना पालिका अध्यक्ष घाइते भएका हुन् । उनीहरूलाइ उपचारको लागि अस्पताल पठाइदै छ । लुम्बिनी प्रदेशमा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भैरहेको हो ।