अनखबर , १८ माघ
कावासोतीका ५२ बर्षिय माधवप्रसाद गिरी सधैजस्तो अटो चलाएर गएराती घर पुगे । तर राती छिप्पिनै लाग्दा कसैले उनलाई अटोमा पु¥याईदिन भन्दै आए । उनै सवारीले उनलाई एकान्तमा लगेर हत्या गरे त्यसपछि खाल्डो खनेर गाडे, कर्कलाको पातले छोपेर उनी फरार भए, उनी को हुन भन्नेबारे स्वंय गिरी नै अपरिचित थिए । त्यसपछि उनी घर फर्केनन्, अर्थात विहानपख उनको मृत शव फेला प¥यो , त्यो पनि लास गाडिएको अवस्थामा, नवलपुरको कावासोतीमा अटो चालक कावासोती नगरपालिका वडा नं। १३ गैरी घर भएका माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् ।
कावासोती नगरपालिका वडा नं। १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।
वडाध्यक्ष रानामगरका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ ।

नवलपुर प्रहरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भैरहेको बताए । अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घटनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् ।