बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका ६ स्थित माघ १६ गते साझ पर्दानपर्दै १३ बर्षिया रमिला थारु (नाम परिवर्तन) ले घरमै जीवित छोरीलाई जन्म दिईन् । सामान्य पेट देखिएपनि मोटाएको भन्ने लागेपछि परिवारले खासै वास्ता गरेनन्, तर पेट दिनप्रतिदिन बढ्दै जादाँ आफ्नै आमाले सोध्दा थाहा लाग्यो, उनी बलात्कारको सिकार भएकी रहिछन् । सुरुमा पेट पाल्न खोजेकी उनलाई ७ महिनाको बच्चा बसिसकेको भनेपछि बच्चा फाल्न मिलेत त्यो पनि नाबालिका १३ बर्षिया बच्चाको । त्यसपछि उनलाई घरभित्रै लुकाएर राखियो । अन्ततः उनले जन्माएको बच्चा जीवित भएपछि प्रहरीलाई खबर गरियो । आफ्नै अंकल पर्ने सोही गाउँका ४१ बर्षिय मनिराम थारुको बलात्कारपछि सो बच्चा जन्मिएको थाहा लाग्यो ।
गत बैशाख २७ गते घरमा एक्लै भएको बेला डरत्रास देखाई जबरजस्ती करणी गरेर नाबालिकालाई गर्भवती बनाएपछि उनी गाउँबाट फरार थिए । बच्चीलाई सुरुमा केही थाहा भएन तर पछि थाहा पाएपनि डरत्रासको कारण केही भन्न नसकेको आमा बताउँछिन् । यहि माघ १६ गते उनले एक छोरीको समेत जन्म दिए पछि बलात्कार घटना खुल्न आएको त्यहाँका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।उक्त दिन ती किशोरीले छोरी जन्माएको र निज चौथरीले गर्भधारण गराएको खबर पाउन साथ निजलाई पक्राउ गरि निज उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख कार्कीले बताए ।