अनखबर
संघर्षका कार्याक्रमको स्वरुप परिवर्तन गर्दै विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले मुल्यबृद्धि गरेको आयल निगमको डिपो तथा कार्यालयहरुमा घेराबन्दी गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघर्षको कार्यक्रमहरुको घोषणा गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी० का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिका प्रसाद कँडेल, जनगणतान्त्रीक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका अध्यक्ष व्यापक नेपाली, जनपत्रकार संगठन नेपालका संयोजक शेर वहादुर विश्वकर्मा, राज्य द्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका संयोजक राम वहादुर थापा,अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापा,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन,र राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण वस्नेतले संयुक्त बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
संघर्षका कार्यक्रमहरुमा माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा, माघ २१ गते विहान १० देखि ११ बजे सम्म देशव्यापी आयल निगमका कार्यालय र डिपोहरु घेराउ , माघ २२ गते देशब्यापी प्रचार प्रसार , माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम , माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम , माघ २६ गते देशव्यापी विरोध प्रदर्शन रहेका छन ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जसबहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्ती यस परका रहेको छ – ” वर्तमान दलाल पुँजिवादी राज्यसत्ताले गैर जिम्मेवार ढंगले वारम्वार पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर जनताको ढाडसेक्ने काम गरेको छ । मंगलबार राती १२ बजेदेखि लागुहुने गरी साविकको विक्रीमुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु। ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु। १४२ र मट्टीतेलको प्रतिलिटर रु। १२५ कायम गरेको छ । भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु। १०, बढाएको छ । यसको प्रत्यक्ष असर जनताको सम्पूर्ण उपभोग्य क्षेत्रमा पर्ने छ । दलाल राज्यसत्ता र सरकार संचालकहरु हुने नहुने भ्रष्टाचार, कमिसनखोर, तस्करी, विचौलिया, सुधखोर र अनगिन्ति काण्डहरुले बदनाम छ । जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा जनताको ढाडसेक्ने गरी गरिएको अनियन्त्रित मुल्यवृद्धिको हाम्रो संगठन घोर विराध तथा भत्र्सना गर्दछ । तत्काल मुल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दै निम्न संघर्षको कार्यक्रमहरुको घोषणा गर्दछ । अन्यथा यो भन्दा उच्च संघर्षको कार्यक्रम सहित आन्दोलनमा उत्रन वाध्यहुनेकुरा समेत सम्वन्धित सवैलाई स्पस्ट पार्न चाहन्छौ ।
संघर्षका कार्यक्रमहरु ः
 माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा ।
 माघ २१ गते विहान १० देखि ११ बजे सम्म देशव्यापी आयल निगमका कार्यालय र डिपोहरु घेराउ ।
 माघ २२ गते देशब्यापी प्रचार प्रसार ।
 माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम ।
 माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम ।
 माघ २६ गते देशव्यापी विरोध प्रदर्शन । “