अनखबर / कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका नजिकै हरेकदिन भैसी चराउने चरन छ । चर्दै जाँदा भैसी जंगलतिर पनि पुग्छन्, बुधबार चरिरहेको भैसीको एक हुलबाट बम जस्तो पड्केको आवाज आएपछि चराउन गएका बालकहरु त्यहाँबाट भागे । तर पछि भैसी लिन जादा भैसीको मुख पुरै रगताम्य थियो । जस्ले गर्दा भैसी घाईते भएर छरपटाईरहेको थियो, केही समय अगाडी पड्केको बमका केही टुक्राहरु सोही नजिकै भेटिएपछी थाहा लाग्यो भैसीले बम चपाएछ ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ मा विस्फोटक पदार्थ सेवन गर्दा विस्फोट भइ भैसी घाईते भएको छ । स्थानीयका अनुसार भैसी चराउनको लागी गाउँ नजिकैको जंगलमा लगिएको थियो । जंगलमा चर्दै जाँदा खुला रुपमा राखिएको विस्फोटक पदार्थ भैसीले चपाएपछि मुखमै विस्फोट भई भैसी घाईते भएको छ । जंगली जनावर मार्नको लागी भन्दै जंगलमा राखिएको विस्फोटक पदार्थ पड्कीएको हुनसक्ने प्रहरीले आंशका गरेको छ।
जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।
चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुने गरेका छन्, यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।