अनखबर संवाददाता
स्याङ्जामा विभिन्न पसलमा अस्वस्थकर र बासी मासु बिक्री वितरण गरिएको बुझिएको छ । मासु पसलहरुले खुला रुपमा बाहिर झिगां भन्केको,बासी र सडेको मासु विक्री वितरण गर्ने गरेका हुन । स्याङ्जा सदरमुकाम पुतलीबजार सञ्चालित मासु पसलहरुमा सडेको मासु बिक्री गरिएको पाइएको छ ।

पुतलीबजार नगरपालिका १ को कमरुदिन मासु पसलमा बाहिरै झिगां भन्केको मासु भेटिएको देखिन्छ, त्यस्तै अर्को नुरेआलम फ्रेस हाउस पनि बाहिर खुल्ला रुपमा मासु राखिएको छ ।
पुतलीबजार,फेदीखोला,बयरंघारी,वालिङ,गल्याङ,चापाकोट,अर्जुनचौपारी,विरुवा र मिर्मि लगायतका साना बजारमा बासी र सडेको मासु बेच्ने गरेको पाइन्छ ।

कतिपयले मासु पसलहरुले फर्ममा मरेका कुखुरा लुकाएर काट्ने र फ्रिजमा राखेर हप्तादिन पछिसम्म समेत बेचेको भेटिएको बुझिएको छ ।
खसीको मासु भनेर बाख्राबाख्रीको मासु बेच्ने,हप्तौं दिनसम्म नबिकेको मासु फ्रिजमा राखेर बेचिरहेका छन् ।
तर प्रदेश स्तरमा बनेको अनुगमन समिति भने कानमा तेल हालेर बसेको छ ।

छिटफुट जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन् ।
राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी भन्छन् राज्य संयन्त्रका निकायहरूले सशक्त भुमिका नखेल्दा गुणस्तर खस्कने,अस्वस्थकर र बासी मासु बेच्ने काम भएको बताए ।

मासु मात्रै होइन दैनिक उपभोग्य समानहरु समेत म्याद नाघेका पुराना सामानहरु बेचिएको छ ।
तेल,सोयाबिन,दाल,चामल,पाउरोटी,विस्कुट,चाउचाउ लगायतका अन्य सामाग्रीहरु समेत म्याद गुज्रिएका भेटिन्छन् ।
नागरिकको जिवनमा गम्भीर खेलवाड हुदा समेत सरोकारवाला निकायहरु भने मौन छन् ।