अनखबर संवाददाता

नेकपा एमाले चापाकोट नगरका अध्यक्ष तथा युवा नेता राजु कोइरालाले बृहत चापाकोट निर्माणमा जुट्न चापाकोटबाशीलाई विशेष आग्रह गरेका छन् । चापाकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष कोइरालाले बृहत चापाकोट निर्माणमा जुट्ने बेला भएको जिकिर समेत गरे । स्याङ्जाको तराईको रुपमा चिनिएको चापाकोटले बृहत सम्भावना बोकेपनि अहिलेसम्म अपेक्षित परिवर्तन हुन नसकेको बताए । कोइरालाले भने स्रोत र सम्भावनाको हिसाबले चापाकोट निकै अगाडि छ,तर अहिलेसम्म किन विकास हुन सकेन प्रश्न गरे, चापाकोटबासी जनताले विकास,समृद्धि र शान्तिपुर्ण चापाकोट चाहेको भन्दै उनलेे विकास सहितको शान्तिपूर्ण चापाकोट निर्माणमा सबैलाई हातेमालो र सहकार्य गर्न आग्रह समेत गरे । कोइरालाले भने देश संघीयतामा गएपछि नेपाली जनताले धेरै परिवर्तनको अपेक्षा राखेका थिए तर जनअपेक्षित काम हुन सकेन् अब यस्तो गर्न हुदैन हामी सबैले हातेमालो गरेर चापाकोटलाई नमुना चापाकोट बनाउने उद्घोष गरे । शिक्षा क्षेत्रमा प्राविधिक क्षेत्रलाई अझै व्यवस्थित गराउनु पर्ने भन्दै चापकोट कृषि क्याम्पस छिट्टै सञ्चालनमा ल्याउने र देशभरका कृषि पढ्न चाहाले विधार्थीहरुलाई चापाकोट कृषि क्याम्पस उत्कृष्ट गन्तव्य बनाउने बताए । समग्र चापाकोट सडक पुर्वाधार,खानेपानी,यातायात,सिचाइ लगायत समथर भुभाग पनि भएकोले मध्यमखालका उधोग सञ्चालन गर्न बृहत् चापाकोट लगानी अभियान सञ्चालन गर्नुपर्ने बताए । एकअर्को प्रसंगमा युवा नेता कोइरालाले कालिगण्डकि करिडोर र रामपुर तथा चापाकोटलाई जोड्न विभिन्न ठाउँमा बनेको पुलहरुले चापाकोटको बृहत गुरुयोजना संग तालमेल गर्ने बताए । चापाकोट उधोग कलकारखाना सञ्चालन गर्ने हिसाबले पनि सम्भावित ठाउँ भएको भन्दै करिडोरको काम सम्पन्न भएपछि नारायणगढ चापाकोट समेत सहजै २ घण्टामा आउजाउ गर्न सकिने धारणा समेत राखेका थिए । कुशल र दृढतापुर्वक काम गर्ने नेतृत्व भए चापाकोट नगर देशभरको उत्कृष्ट र नमुना नगर बन्नेमा विश्वस्त हुन समेत आग्रह गरे ।