अनखबर /बुटवल
सोमबार बिहान बुटवलमा सवारी दुर्घटनाका मृतक तथा घाईते सबैको पहिचान खुलेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए। पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको थियो ।


दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल १३ का अन्दाजी २७र२८ वर्षिय सविन चौधरी, सोही स्थानका गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार अहिले सम्म पनि फरार रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।