अनखबर÷बुटवल
सिद्धार्थ राजमार्गस्थित पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा काम गर्दै आएको एक स्काभेटरमा झुण्डिरहेको अवस्थामा एक युवाको शव फेला परेको छ । प्रहरीको सनाखतपछि ति युवा स्याङजा कालिगण्डकी ३, ठेकरदीका ४० बर्षिय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफैंले काम गर्ने स्काभेटरमा आफ्नै ज्याकेट र टोपी जोडिएको टोपीबाट रसी थुतेर ति युवाले पासो बनाएका थिए , यद्यपी उनी आफैं मरेका हुन या मारेर झुण्डाइएको बारे पुष्टि भैसकेको छैन ।
आफैंले काम गर्ने स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा उनलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पोष्टमार्टमपछि थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।